Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बोनस र हकप्रद सेयर पारित गर्न गरिमाले बोलायो साधारणसभा

२०७३ माघ १२ गते

गरिमा विकास बैंकले आफ्नो दशौँ वार्षिक साधारणसभा आगामी फागुन ६ गते गर्ने भएको छ । उक्त साधारणभामार्फत बैंकले प्रस्तावित बोनस सेयर र हकप्रद सेयर पारित गर्ने जानकारी दिएको छ । 

गरिमा विकास बैंकको १८५औँ सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव अघि सारेको थियो । बोनस सेयर जारी गर्न बैंकले नेपाल राष्ट्र बैंकबाछ स्वीकृति पाइसकेको छ । 

त्यस्तै, गरिमाले ७० प्रतिशत अर्थात १० बराबर सातको अनुपातमा हकप्रद सेयर पनि जारी गर्ने भएको छ । सो प्रस्ताव पनि बैंकले दशौँ साधारणसभाबाट पारित गर्ने भएको छ । बैंकले बोनस सेयर वितरण गरेपछि कायम हुने चुक्तापुँजीको ७० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । 

चितवनको शुभेच्छा र पोखराको गरिमा विकास बैंक गाभिएर गत असोज ४ गतेदेखि एकीकृत कारोबार थालेको गरिमा विकास बैंकको चुक्तापुँजी एक अर्ब आठ करोड रुपैयाँ रहेको छ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी एक अर्ब २९ करोड रुपैयाँ पुग्नेछ । उक्त चुक्तापुँजीको ७० प्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि गरिमाको चुक्तापुँजी दुई अर्ब १९ करोड रुपैयाँ पुग्नेछ । 

राष्ट्रियस्तरको विकास बैंक बन्न गरिमाले असार मसान्तसम्ममा दुई अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ । यसका लागि बैंकलाई अझै ३१ करोड रुपैयाँ चुक्तापुँजी आवश्यक हुन्छ । यो पुँजी बैंकले चालू आर्थिक वर्षको कमाईबाट बोनस वितरण गरेर पुर्याउन सक्ने देखिन्छ ।