Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नेपालमा लगानी बढाउन सहयोग गर्ने बेलायती राजदूतको प्रतिवद्धता

२०७३ माघ १२ गते

सिटी अफ लण्डनका Lord Mayor Rt. Hon. Dr. Andrew Parmley को नेतृत्वमा आएको सात सदस्यीय प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालसँग शिष्टाचार भेटवार्ता गरेको छ । नेपाल भ्रमण रहेको सो टोलीले मंगलबार गभर्नरको कार्यकक्षमा भेट गरेको हो । 

उक्त अवसरमा नेपालमा लगानीका सम्भावनाहरू बारे छलफल भएको बताइएको छ । सो अवसरमा Dr. Parmley ले DFID द्वारा तयार पारेको Project Finance Summary Report गभर्नर डा. नेपाललाई हस्तान्तरण गरे । 

उक्त प्रतिवेदनका आधारमा बैदेशिक लगानी सम्बन्धी नियमनका प्रावधानहरू आवश्यक परिमार्जनमा सहयोग पुग्ने गभर्नर डा. नेपालको विश्वास छ । गभर्नर डा. नेपालले DFID तथा संयुक्त अघिराज्य सरकारले नेपाललाई प्रदान गरेको विभिन्न बैदेशिक सहयोगको लागि धन्यवाद दिए । सो अवसरमा Dr. Parmley र बेलायतका राजदूत Richard Morris ले नेपालमा लगानी आकर्षक गर्न विभिन्न सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।