Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

डिप्रोक्स लघुवित्तका सेयरधनीलाई आकर्षक लाभांश, राष्ट्र बैंकले दियो स्वीकृति

२०७३ माघ १२ गते

डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडका सेयरधनीले आकर्षक लाभांश पाउने भएका छन् । बैंकको लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको हो । बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्ना सेयरधनीलाई ३५ प्रतिशत बोनस सेयर र १७.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको थियो । 

शतप्रतिशत हकप्रद सेयर निष्काशनको अन्तिम चरणमा रहेको लघुवित्तले हकप्रदअघिको चुक्तापुँजीबाट सो लाभांश दिन लागेको हो । हकप्रद सेयर र बोनस सेयर दुबै जारी गरेपछि डिप्रोक्सको चुक्तापुँजी ६० करोड ६० लाख रुपैयाँ नाघ्नेछ ।