मंगलबार सेयर बजार २४.८९ अंकले घटेर १४३२.९९ अंकमा कायम भएको छ । कारोबार भएका सबै समूहहरु घटेका छन् । सबैभन्दा धेरी बीमा समूह १४०.७४ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः २५.९, १२.३२, २०.१५, ३०.४४, १८.४१ र ६.६५ अंकले घटेका छन् ।
परिसूचकसँगै कारोबार पनि घटेको छ । सोमबार आइतबारको तुलनामा १३ करोड रुपैयाँले बढेर ४३ करोडको कारोबार भएको बजारमा मंगलबार साढे ३८ करोडको कारोबार भएको छ । दिनभरिमा १३० वटा कम्पनीको आठ लाख ५३ हजार चार सय ६० कित्ता सेयर तीन हजार छ सय तीन पटक खरिदविक्री हुँदा कुल ३८ करोड ५७ लाख १० हजार छ सय ७६ रुपैयाँ पुँजी परिचालन भएको हो ।
कुल कारोबारमध्ये, प्रभु बैंकको तीन करोड १८ लाख र प्रभु बैंकको प्रोमोटरको एक करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । एसियन लाइफ इन्स्योरेन्सको प्रोमोटर सेयरको दुई करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेनस, सिद्धार्थ बैंक, बैंक अफ काठमाण्डू लुम्बिनी र नेपाल बंगलादेश बैंकको पनि एक करोडमाथिको कारोबार भएको छ । सिभिल बैंक प्रोमोटरको ८८ लाखको कारोबार भएको छ ।
मंगलबार जम्ममा नौ वटा कम्पनीका सेयरधनीले अधिकतम ७.७६ प्रतिशतदेखि न्युनतम ०.१२१७ प्रतिशतसम्मका दरले आफ्नो सम्पत्ति बढाएका छन् । राष्ट्रिय बीमा कम्पनीका प्रोमोटर सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् भने मिर्मिरे माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा थोरै कमाएका छन् । ग्रीन डेभलपमेन्ट बैंक, साझा विकास बैंक, बरुण हाइड्रोपावर, मेरो माइक्रोफाइनान्स, युनियन फाइनान्स, वोमी माइक्रोफाइनान्स र प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले क्रमशः ७.७०, ५.४६, ३.३९, १.९४, १.७६, १.६३ र १.१९ प्रतिशतका दरले कमाएका छन् ।
मंगलबार पनि खोनीखोला हाइड्रोका सेयरधनीले सबैभन्दा धेरै ९.५२ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । त्यस्तै, लुम्बिनी फाइनान्स, पोखरा फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, राष्ट्रिय बीमा कम्पनी र गुहेश्वरी मर्चेन्ट बैंकका सेयरधनीले क्रमशः ८.७७, ६.९६, ६.१०, ५.८८, ५.८२ र ५.३५ प्रतिशतका दरले सम्पत्ति घटाएका छन् । प्रभु इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, पूर्णिमा विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।



