Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

प्रस्तावित लाभांश पारित गर्न नेपाल एसबीआई बैंकले डाक्यो साधारणसभा

२०७३ माघ १० गते

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो २३ औँ वार्षिक साधारणसभा माघ २७ गते गर्ने भएको छ । यसका लागि बैंकले माघ २३ गतेदेखि २७ गतेसम्म सेयरधनीले पुस्तिका बन्द रहने जानकारी दिएको हो । 

बैंकले आफ्ना सेयरधनीलाई २९.५३ प्रतिशत लाभांस दिने प्रस्ताव साधारणसभामा लैजाने भएको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट बैंकले २८ प्रतिशत वोनस सेयर र कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको थियो । हाल बैकको ३ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । २८ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको पूँजी ४ अर्ब ९७ करोड ११ लाख रुपैयाँको हाराहारीमा पुग्नेछ ।