Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा थपियो चार कम्पनीको १३ करोड ८६ लाख कित्ता सेयर

२०७३ माघ १० गते

नेपाल स्टक एक्सचेञ्जमा १३ करोड ८६ लाख ७१ हजार सात सय ७८ कित्ता सेयर थपिएका छन् । सोमबार चार वटा कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएका हुन् । 

सनराइज बैंक लिमिटेडको एक करोड ३२ लाख ५३ हजार चार सय ४८ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ भने गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको २८ हजार दुई सय ८९ दशमलव ५० कित्ता हकप्रद सेयर पनि नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, १२ करोड ५० लाख कित्ता नविल इक्विटी फण्ड पनि सोमबार नेप्सेमा थपिएको छ । यता, माउन्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेडको तीन लाख ९० हजार कित्ता हकप्रद सेयर पनि नेप्सेमा सूचिकृत भएको छ ।