Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

१० अर्बको विकास ऋणपत्रमा पौने चार अर्बको आवेदन

२०७३ माघ १० गते

नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विकास ऋणपत्रमा पहिलो दिन सामान्य आवेदन परेको छ । राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नेपाल सरकारको विकास ऋणपत्र खरिद गर्ने प्रस्ताव गरेकोमा आइतबार तीन अर्ब ७४ करोड रुपैयाँ बराबरको आवेदन परेको हो । उक्त ऋणपत्रमा आगामी केही दिनसम्म आवेदन दिन सकिने भएकाले आवश्यक मात्रामा आवेदन पर्ने विश्वास राष्ट्र बैंकले लिएको छ । 

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता सन्तुलन कायम गर्ने उद्देश्यले विकास ऋणपत्र खरिद गर्न लागेको हो । यसअघि पनि राष्ट्र बैंकले पटकपटक गरी सोझै बोलकबोलबाट बैंकिङ प्रणालीमा तरलता पठाउन खोजेकोमा बैंकहरुले चासो नदेखाएको पाइएको थियो ।