Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मुक्तिनाथ विकास बैंकबाट पनि अब आस्वा सेवा पाइने 

२०७३ माघ ९ गते

मुक्तिनाथ विकास बैंक लिमिटेडले आस्वा प्रणाली सञ्चालनको अनुमति प्राप्त गरेको छ । बैंकले हाल सञ्चालनमा रहेका ४७ वटा कार्यालयहरुबाट यो सेवा प्रदान गर्ने छ । साथै छिटै नै हाल सञ्चालनमा रहेका चार वटा सीमित बैंकिङ्ग कार्यालयहरुबाट समेत यो सेवा प्रदान गर्ने पहल भइरहेको बैंकले जनाएको छ । यस विकास बैंकको अधिकांश शाखाहरु ग्रामीण र दुर्गम क्षेत्रमा रहेकोले सो भेगमा बस्ने नागरिकहरुले यो सेवा प्राप्त गर्ने छन् । 

यसैबीत बैंकले आफ्नो केन्द्रीय कार्यालय पोखरा कास्कीबाट कमलादी काठमाडौँमा सार्दैछ । सबै प्रबन्ध मिलाई केही दिनभित्रमा नै सर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ ।