Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

६ महिनामा बैंकको तीस अर्ब लगानी

२०७३ माघ ७ गते

 कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले चालु आर्थिक वर्षको पुस महिनासम्म तीन अर्ब तीन करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । 

बैंकको स्वर्ण महोत्सवका अवसरमा शुक्रबार क्षेत्रीय कार्यालय धनगढीमा आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार सो अवधिमा दुई अर्ब ५१ करोड छ लाख रुपैयाँ साँवा असुली भएको छ । 

यस्तै बैंकले ब्याज असुली २९ करोड ४८ लाख २५ हजार रुपैयाँ तथा लगानी रकम पाँच अर्ब ३८ करोड ७१ हजार रुपैयाँरहेको छ । उक्त अवधिमा १९ करोड ६० लाख ९८ हजार रुपैयाँ नाफा भएको बैंकले जनाएको छ । सबैभन्दा बढी लगानी थोक तथा खुद्रा व्यवसायमा दुई अर्ब सात करोड ३७ लाख ५६ हजार रुपैयाँ गरिएको छ भने सबैभन्दा कम विद्युतीय ग्यास तथा पानी शीर्षकमा एक करोड ७३ लाख २३ हजार रुपैयाँ लगानी भएको उक्त बैंकका क्षेत्रीय निर्देशक ध्रुवचन्द्र गौतमले जानकारी दिए । 

कार्यक्रममा ठूलो कर्जाको कारोबार गरेबापत गणेश इँटा उद्योग धनगढी र कालिका इँटा उद्योग सुखडलाई तथा ठूलो निक्षेप गरेबापत कैलाली बहुमुखी क्याम्पस र बैतडी पाटनकी मीना विष्टलाई कदरपत्रद्वारा सम्मानित गरियो । यस्तै बैंक कर्मचारी सङ्घले उत्कृष्ट काम गर्ने शाखा, २० वर्ष सेवा अवधि पुर्याउने कर्मचारीलाई समेत प्रशंसा पत्रद्वार सम्मानित गरिएको छ । रासस