Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

बैंकिङ कसुरमा डोल्पाका वडाध्यक्ष थापा पक्राउ, ७ दिनको म्याद

२०८३ आश्विन १५ गते

बैंकिङ खबर  /  बैंकिङ कसुरसम्बन्धी मुद्दामा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का वडाध्यक्ष टंकबहादुर थापा पक्राउ परेका छन् । जिल्ला अदालत डोल्पाबाट पक्राउ पुर्जी जारी भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार थापा सोमबार त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुराकोट बगर बजारबाट पक्राउ परेका हुन्।

पक्राउपछि थापालाई जिल्ला अदालत डोल्पामा उपस्थित गराइएको थियो। अदालतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीलाई सात दिनको समय दिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पदम रावलले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार थापामाथि लागेको बैंकिङ कसुरसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको छ। हालसम्म सार्वजनिक विवरणमा आरोपको विस्तृत प्रकृति भने खुलाइएको छैन। अनुसन्धानबाट घटनासम्बन्धी थप तथ्य बाहिर आउने प्रहरीले जनाएको छ । टंकबहादुर थापा २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट त्रिपुरासुन्दरी नगरपालिका–२ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।