Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
कर्पोरेट

वित्तीय साक्षरतामा गुडविल फाइनान्स उत्कृष्ट

२०८३ आश्विन १४ गते

बैंकिङ खबर /  वित्तीय साक्षरता विस्तार तथा प्रवद्र्धनमा गरेको योगदानका लागि गुडविल फाइनान्स सम्मानित भएको छ । केटिएम भ्वाइसको आयोजनामा सम्पन्न वित्तीय साक्षरता समिट एण्ड अवार्ड कार्यक्रममा फाइनान्स कम्पनीतर्फ गुडविल फाइनान्सलाई उत्कृष्ट वित्तीय साक्षरता अवार्ड प्रदान गरिएको हो ।

वित्तीय ज्ञान तथा सचेतना अभिवृद्धिका लागि संस्थाले सञ्चालन गरेका विभिन्न कार्यक्रम र त्यसबाट परेको प्रभावलाई मूल्यांकन गर्दै गुडविल फाइनान्सलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

वित्तीय साक्षरता अभियानको मूल्यांकन गर्दा कार्यक्रमको प्रभावकारिता, पहुँचको क्षेत्र, सहभागी तथा लाभग्राहीको संख्या, अभियानमा अपनाइएको नवीनता र ग्रामीण तथा वित्तीय सेवाको पहुँच कम भएका समुदायसम्म कार्यक्रम पुर्‍याउन गरेको प्रयासलाई आधार बनाइएको थियो ।

नेपालमा पहिलोपटक आयोजना गरिएको राष्ट्रिय वित्तीय साक्षरता सम्मेलन तथा अवार्ड कार्यक्रममा बैंक तथा वित्तीय संस्था, डिजिटल वित्तीय सेवा प्रदायक र वित्तीय क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

वित्तीय साक्षरतामार्फत सर्वसाधारणलाई बैंकिङ सेवा, बचत, कर्जा, डिजिटल भुक्तानी तथा वित्तीय व्यवस्थापनसम्बन्धी जानकारी उपलब्ध गराउने उद्देश्यले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।