
बैंकिङ खबर / चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा २० वटा वाणिज्य बैंकले कुल ८ अर्ब ७३ करोड ७२ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। सार्वजनिक विवरणअनुसार नाफा आर्जनमा नबिल बैंक सबैभन्दा अगाडि रहेको छ ।
साउनमा नबिल बैंकले ८८ करोड ३१ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ। ग्लोबल आइएमई बैंकले ८१ करोड ३६ लाख रुपैयाँ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ७३ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
त्यस्तै, कुमारी बैंकले ५४ करोड ७० लाख ९० हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ५२ करोड ३९ लाख ४० हजार रुपैयाँ र प्राइम कमर्सियल बैंकले ५२ करोड १८ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
लक्ष्मी सनराइज बैंकले ४९ करोड ६७ लाख ५० हजार रुपैयाँ, एभरेस्ट बैंकले ४९ करोड २१ लाख ९० हजार रुपैयाँ, एनएमबी बैंकले ४७ करोड ९० लाख ३० हजार रुपैयाँ र सिद्धार्थ बैंकले ४२ करोड ९४ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
कृषि विकास बैंकले ३८ करोड ८२ लाख ९० हजार रुपैयाँ, सानिमा बैंकले ३८ करोड २८ लाख १० हजार रुपैयाँ, प्रभु बैंकले ३२ करोड ९३ लाख ९० हजार रुपैयाँ र नेपाल बैंकले ३० करोड ८६ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
यस्तै, हिमालयन बैंकले २७ करोड ३० लाख २० हजार रुपैयाँ, माछापुच्छ्रे बैंकले २७ करोड २७ लाख ८० हजार रुपैयाँ, सिटिजन्स बैंकले २५ करोड ९२ लाख ८० हजार रुपैयाँ र एनआईसी एशिया बैंकले २२ करोड १७ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले २० करोड ३८ लाख ८० हजार रुपैयाँ र नेपाल एसबीआई बैंकले १७ करोड ५९ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
समग्रमा साउनमा २० वाणिज्य बैंकको कुल खुद नाफा ८ अर्ब ७३ करोड ७२ लाख ५० हजार रुपैयाँ पुगेको छ ।