Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

बैंकिङ कसुरका अभियुक्त शंकरलाल अग्रवाल १० लाख धरौटीमा रिहा

२०८३ आश्विन १ गते

बैंकिङ खबर / सर्वोच्च अदालतले उद्योगी शंकरलाल अग्रवाललाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। बैंकिङ कसुर मुद्दामा पक्राउ परेका अग्रवाललाई थुनामा राखेर मुद्दा पुर्पक्ष गर्ने यसअघिको आदेश बदर गर्दै सर्वोच्चले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतको संयुक्त इजलासले अग्रवाललाई १० लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत लिएर रिहा गर्न आदेश दिएको हो। आदेशपछि अग्रवालले धरौटी रकम बुझाएर रिहा भएका छन् ।

शंकर ग्रुपका अध्यक्षसमेत रहेका अग्रवालले आफूलाई थुनामा राखेर मुद्दा पुर्पक्ष गर्ने आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए। उक्त निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उपलब्ध मिसिल, कागजात तथा प्रतिवादीतर्फबाट प्रस्तुत जिकिरसमेतलाई आधार बनाएर धरौटीमा मुद्दा पुर्पक्ष गर्ने आदेश दिएको हो ।

यसअघि उच्च अदालत पाटनले अग्रवाललाई थुनामा राखेर मुद्दा पुर्पक्ष गर्न आदेश दिएको थियो। उच्च अदालतको उक्त आदेशविरुद्ध अग्रवाल सर्वोच्च अदालत पुगेका थिए ।