
बैंकिङ खबर / ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।
राष्ट्रिय विपद्को समयमा राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले आर्थिक योगदान गरेको जनाएको छ ।
उक्त सहयोग रकमको चेक संस्थाका अध्यक्ष डा. नहकुल केसी, सञ्चालक समितिका सदस्यहरू तथा प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटवालले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरण कार्यक्रममा संस्थाका तर्फबाट विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि राज्यले अघि बढाइरहेको प्रयासमा आफ्नो तर्फबाट सहयोग पुर्याउने उद्देश्यले योगदान गरिएको जनाइएको छ ।
ग्रामीण विकास लघुवित्तका अनुसार विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापना तथा पुनर्निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेको छ। सोही प्रयासमा वित्तीय क्षेत्रबाट समेत योगदान पुर्याउने उद्देश्यले कोषमा रकम प्रदान गरिएको हो ।
५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको उक्त सहयोग ग्रामीण विकास लघुवित्तको सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको महत्वपूर्ण योगदानका रूपमा रहेको छ। संस्थाले आगामी दिनमा समेत सामाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा आवश्यक सहयोग र योगदानलाई निरन्तरता दिने जनाएको छ ।
विपद् व्यवस्थापन, राहत तथा पुनर्निर्माणमा सरकारी निकायसँगै बैंक तथा वित्तीय संस्थालगायत निजी क्षेत्रको सहभागिताले प्रभावित नागरिकसम्म राहत पुर्याउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।