सान्जेन जलविद्युत् कम्पनीले ८७ लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । चिलिमे हाइड्रोपावरको सहायक कम्पनी सान्जेनले एक सय रुपैयाँ अंकित दरमा ८७ करोड ६० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो ।
यसका लागि कम्पनीले नागरिक लगानी कोषलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । नागरिक लगानी कोष र सान्जेनबीच आइतबार सेयर निष्काशन सम्झौता भएको हो । सम्झौतापत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र सान्जेनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता अनुसार पहिलो चरणमा समूह ‘ग’ का ऋणदाता कर्मचारीको लागि छुट्टयाइएको १ प्रतिशत तथा संस्थापक सेयरधनी संस्थाका कर्मचारीको लागि ३ दशमलव ५ प्रतिशत र ‘घ’ अन्तर्गतका कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका संचयकर्ता कर्मचारीलाई छुट्टयाइएको १९ दशमलव ५ प्रतिशत सेयर निष्काशन गरिनेछ ।
रसुवाको सान्जेन जलविद्युतले १४.८ मेगावाट जलविद्युत उत्पादन गर्नेछ ।


