Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बाढीपीडितका लागि निर्जीवन बीमा क्षेत्रबाट तीन करोड ४७ लाख सहयोग

२०८३ भाद्र १८ गते

काठमाडौं / नेपाल निर्जीवन बीमा व्यवसायी संघ तथा संघमा आबद्ध विभिन्न निर्जीवन बीमा कम्पनीहरूले बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि तीन करोड ४७ लाख रुपैयाँ सहयोग गरेका छन् ।

संघका अध्यक्ष मनोहर दास मुलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उक्त सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । विपद्बाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले बीमा क्षेत्रबाट उक्त रकम संकलन गरिएको जनाइएको छ ।सहयोग रकममा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सानिमा जिआईसी इन्स्योरेन्स तथा हिमालयन एभरेष्ट इन्स्योरेन्सको योगदान रहेको छ ।

यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सका कर्मचारीहरूले व्यक्तिगत रूपमा गरेको योगदानबापतको २६ लाख २३ हजार १८ रुपैयाँ पनि सोही क्रममा हस्तान्तरण गरिएको छ ।संघका अनुसार एनएलजी इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले यसअघि नै बाढी प्रभावितका लागि सहयोग रकम उपलब्ध गराइसकेका छन् । अन्य निर्जीवन बीमा कम्पनीहरूबाट पनि सहयोग संकलन तथा हस्तान्तरणको प्रक्रिया जारी रहेको जनाइएको छ ।

सहयोग रकम ग्रहण गर्दै अर्थमन्त्री डा. वाग्लेले मुलुक संकटमा रहेका बेला निर्जीवन बीमा क्षेत्रले राहतका लागि गरेको योगदानप्रति आभार व्यक्त गरेका छन् । उनले विपद्को समयमा निजी क्षेत्रबाट हुने सहयोगले प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा थप सहयोग पुग्ने बताए ।