Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

चार सय प्रतिशत हकप्रद पारित गर्न ग्रीन डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा

२०७३ माघ २ गते

ग्रीन डेभलपमेन्ट बैंकले आफ्नो चौथो वार्षिक साधारणसभा आगामी माघ २८ गते बस्ने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको ९४ औँ बैठकले सो निर्णय गरेको हो । साधारणसभामा बैंकले आफ्ना सेयरधनीलाई चार सय प्रतिशत अर्थात एक बराबर चारको अनुपातमा हकप्रद सेयर दिने विशेष प्रस्ताव लग्दैछ । साधारणसभा तथा हकप्रद प्रयोजनका लागि बैंकले माघ १२ गतेदेखि २८ गतेसम्म सेयरधनीले पुस्तिका बन्द गर्ने निर्णय समेत गरेको छ । 

केही समय अघि साधारण सेयर निष्काशन गरेर १० करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको बैंकले सो चुक्तापुँजीको चार सय प्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी ५० करोड रुपैयाँ पुग्नेछ ।