Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१४७७.७२ अंकमा झर्यो नेप्से : बैंकिङ बाहेक सबै उपसूचक ओरालो

२०७३ माघ २ गते

साताको पहिलो दिन सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । कारोबार खुलेको आधा घण्टामा १४८४ अंक नाघेको बजार दिनभरिको निरन्तर उतारचढावसँगै १४७७.७२ अंकमा पुगेर बन्द भएको हो । समग्रमा आइतबार नेप्से परिसूचक २.१४ अंकले घटेको छ । 

बैंकिङबाहेक सबै समूह आरोलो लागेपछि समग्र बजार नै प्रभावित भएको देखिन्छ । सबैभन्दा धेरै बीमा समूह ४४.५२ अंकले घटेको छ । होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः ११.८४, ६.९६, १७.५९, २.९ र ०.२९ अंकले घटेका छन् । बैंकिङ भने सामान्य १.५९ अंकले बढेको छ । 

आइतबार कारोबार रकम पनि जम्मा २७ करोडमा सीमित भएको छ । दिनभरिमा १२२ वटा कम्पनीको चार लाख ८८ हजार दुई सय ८४ कित्ता सेयर दुई हजार तीन सय ७० पटक खरिदविक्री हुँदा कुल २७ करोड ५२ लाख ९० हजार तीन सय ८७ रुपैयाँ पुँजी परिचालन भएको छ ।

कुल कारोबारमध्ये, स्टान्डर्ड चार्टर्ड बैंकको चार करोड ५५ लाख ५४ हजार तीन सय दुई रुपैयाँको कारोबार भएको छ । सिद्धार्थ बैंक र लक्ष्मी बैंकको दुई करोडमाथिको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र सिटिजन्स बैंकको एक करोडमाथिको कारोबार भएको छ । त्यस्तै, नेपाल बैंकको ७१ लाखको कारोबार भएको छ भने बैंक अफ काठमाण्डू लुम्बिनी, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक लगायतको ६० लाख रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ । 

स्टान्डर्ड चार्टर्ड बैंकका सेयरधनीले सबैभन्दा धेरै ९.९६ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने हाम्रो विकास बैंक र भार्गव विकास बैंकका सेयरधनीले क्रमशः ७.५ र ५.६६ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । लक्ष्मी बैंक, देवः विकास बैंक, सिनर्जी फाइनान्स, नागबेली लघुवित्त, कालिका माइक्रोक्रेडिट, एनएलजी इन्स्योरेन्स, लुम्बिनी फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको प्रभु बैंकका सेयरधनीले ९.८१७४ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । बैंकको सेयर कारोबार आइतबारदेखि नै खुलेको हो । त्यस्तै, सहयोगी विकास बैंकका सेयरधनीले ८.७६७१ प्रतिशतका दरले सम्पत्ति घटाएका छन् । सगरमाथा इन्स्योरेन्स, प्राइम कमर्सियल बैंक, प्राइम लाइफ इन्स्योरेन्स, ग्रीन डेभलपमेन्ट बैंक, राप्तीभेरी विकास बैंक, जानकी फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक, प्रिमियर इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।