 ग्राण्ड बैंक नेपाल लिमिटेड र नेपाल डेभलपमेन्ट बैंक लिमिटेडलाई गाभेको प्रभु बैंकको सम्पूर्ण सेयर कारोबार खुलेको छ । पुसको तेस्रो साता नै खुल्ने भनिएकोमा सेयर परिवर्तनसम्बन्धी आवश्यक कार्य पूरा नभएकाले स्थगित भएको सेयर कारोबार आइतबार (माघ २ गते) देखि खुलेको हो ।

गत पुस ७ गते बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समिति वैठकले कारोबार फुकुवाको लागि नेपाल स्टक एक्सेचेन्जलाई पत्र लेख्ने निर्णय गरेको थियो । तर, ग्राण्ड बैंकको सेयर प्रभुमा परिवर्तन गर्ने तथा साविकको प्रभुका लगानीकर्तालाई २१ प्रतिशत प्रिमियम वापतको सेयर बितरण गर्ने काम सम्पन्न नभएपछि राष्ट्र बैंकले निर्णय गरेको तीन हप्तापछि सेयर कारोबार खुलेको हो ।
	 साविकको ग्राण्ड बैंक र प्रभु बैंक एक आपसमा गाभिएर गत माघ २९ गतेदेखि प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको थियो । ग्राण्डसँगको मर्जरपछि प्रभु बैंकको चुक्तापुँजी ५ अर्ब ८८ करोड १४ लाख दुई हजार रुपैयाँ पुगेको छ ।

यसबाहेक ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय १५ औं साधारणसभाले पारित गरिसकेको छ । हकप्रद जारी गरेपछि प्रभु बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ६२ हजार ८ सय पुग्ने छ ।