हाम्रो विकास बैंकका सेयरधनीले २५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको आठौँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको कमाईबाट सो अनुपातमा बोनस सेयर वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो । साथमा साधारणसभाले दुई सय प्रतिशत अर्थात एक बराबर दुईको अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय पनि पारित गरेको छ । बैंकले बोनस सेयर जारी गरेपछि कायम हुने चुक्तापुँजीबाट एक बराबर दुईको अनुपातमा हकप्रद सेयर दिने भएको हो ।
हाल हाम्रो विकास बैंकको चुक्तापुँजी १२ करोड २३ लाख रुपैयाँ छ । बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी १५ करोड २८ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । उक्त पुँजीको दुई सय प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ४५ करोड ८६ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।
