देवः विकास बैंकका सेयरधनीले १४ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको शुक्रबार सम्पन्न दशौँ वार्षिक साधारणसभाले गत अर्थिक वर्षको कमाईबाट सो अनुपातमा बोनस सेयर वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो । साथै, साधारणसभाले बोनस सेयर वितरणपश्चात् कायम हुने चुक्तापुँजीको ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।
हाल देवः विकास बैंकको चुक्तापुँजी ८८ करोड १० लाख रुपैंया रहेको छ । बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी एक अर्ब रुपैयाँ नाघ्नेछ । सो चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी १ अर्ब ४४ करोड ५० लाख पुग्नेछ । आगामी असार मसान्तसम्ममा बैंकले दुई अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ ।
चालु आवको पुस २७ गते सम्ममा बैंकले ८७२.६८ करोड रुपैयाँ निक्षेप संकलन गरी ७९७.०२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जानकारी साधारणसभा दिइयो ।


