Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै काबेली विकास बैंक 

२०७३ माघ १ गते

काबेली विकास बैंक लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । धनकुटामा प्रधान कार्यालय रहेको बैंकले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले पुस २४ गते बोर्डमा निवेदन दर्ता गराएको हो । 

बैंकले एक सय रुपैयाँ अंकित दरमा ३ करोड ५० लाख ८ हजार ८ सय रुपैयाँ बराबरको ३ लाख ५० हजार ८ सय ८० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । बैंकको आठौ बार्षिक साधारणसभाले पचास प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । काबेली विकास बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई लिमिटेड रहेको छ । 

हाल काबेलीको चुक्तापुँजी ७ करोड चार लाख रुपैयाँ रहेको छ । पचास प्रतिशत हकप्रद पश्चात बैंकको चुक्तापुँजी साढे दश करोड रुपैयाँ पुग्ने छ ।