
बैंकिङ खबर / मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा नेपाल भूषण श्रेष्ठ चयन भएका छन्। संस्थाका ज्येष्ठ सञ्चालक ज्ञानुकृष्ण अधिकारीको अध्यक्षतामा बसेको १९४औँ सञ्चालक समिति बैठकले श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।
श्रेष्ठ प्राइम कमर्सियल बैंक लिमिटेडका प्रतिनिधिका रूपमा मेरोमाइक्रोफाइनान्सको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका छन्। नेपाल राष्ट्र बैंकबाट शपथ ग्रहण गरेपछि उनले औपचारिक रूपमा अध्यक्षको पदभार सम्हाल्ने संस्थाले जनाएको छ।
यसैबीच, संस्थापक सेयरधनी ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो प्रतिनिधिका रूपमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई सञ्चालक समितिको सदस्यमा पठाएको छ।
पोखरेललाई ग्लोबल आइएमई बैंकको प्रतिनिधिका रूपमा सञ्चालक समितिमा नियुक्त गरिएको संस्थाले जनाएको छ। बैठकले बैंकिङ तथा वित्तीय क्षेत्रमा अनुभवी व्यक्तिहरूलाई नेतृत्व तथा सञ्चालकको जिम्मेवारी दिएको हो।


