 नेपालमा रहेका प्रतिवन्धित भारु साट्ने विषयमा भारतले सकारात्मक प्रतिक्रिया दिएको छ । पाँच सय र हजार दरका भारतीय नोट साट्ने सम्बन्धमा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी संयोजक रहेको समितिले तयार पारेको मोडालिटी बुझेपछि भारतले सकारात्मक प्रतिक्रिया दिएको हो । यद्यपी मोडालिटीमा केही कुरा संशोधन गर्न भारतीय अधिकारीहरुले नेपाललाई सुझाव दिएका छन् । सो मोडालिटीमा परिचयपत्र, आम्दानीको स्रोत लगायतका विषयहरूलाई स्पष्ट खुलाएर मात्र पुराना भारतीय नोटहरू साट्न सकिने लगायतका प्रावधान राखिएका छन् । पुराना नोट साट्दा गैरकानुनी रूपमा कमाइएको र कालोधन तथा भारतबाटै नेपाल भित्रिन सक्ने कालोधन साटिने विषयमा भारतीय पक्ष विशेष सजग देखिएका छन् । किनभने नेपालको बैंकिङ प्रणालीमा रहेका नोटको यकिन भए पनि सर्वसाधारणसँग भएको रकमको वास्तविक अभिलेख छैन । त्यसैले उनीहरुले आफ्ना सुझाव राख्नेछन् । अब भारतीय पक्षले दिएको सुझाव समावेश गरेपछि प्राविधिक विषय टुंगो लाग्ने वार्तामा सहभागी नेपाली अधिकारीहरुले बताएका छन् ।

	नेपालमा रहेका पाँच सय र हजार दरका भारु सटहीसम्बन्धमा छलफल गर्न बुधबार डेपुटी गभर्नर शिवाकोटीसहित, राष्ट्र बैंक विदेशी विनिमय विभाग प्रमुख भिष्मराज ढुंगाना, अर्थमन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव र भारतका लागि नेपाली राजदुताबासका एक प्रतिनिधि नयाँ दिल्ली पुगेका छन् । उनीहरुले बिहिबारमात्र नयाँ दिल्लीस्थित अर्थमन्त्रालय र भारतीय रिजर्भ बैंकका अधिकारीहरुसँग छलफल गरेका छन् । सोही क्रममा नेपाली टोलीले आफुले तयार पारेको मोडालिटी भारतलाई बुझाएको हो । मोडालिटी बुझेको भारतीय पक्षले मोडालिटीमा केही संशोधन गर्नुपर्ने बताएपनि नेपालमा रहेका भारु साटिने निश्चितजस्तै देखिएको नेपाली अधिकारीहरुको बुझाई छ । यद्यपी नेपालमा रहेका बैधानिक च्यानलका भारु साट्ने विषयमा भारतको ठोस निर्णय भने तत्काल आउने छैन । यसका लागि केही समय कुर्नैपर्ने हुन्छ ।
	 
	वार्तामा सहभागी एक अधिकारीका अनुसार शुक्रबार पनि दिल्लीमा दोश्रो तथा अन्तिम चरणको वार्ता हुनेछ । नेपाली पक्षले बुझाएको मोडालिटीमा भारतले आफ्ना सुझावहरु प्रस्तुत गर्नेछ । त्यसपछि भारतीय पक्षले नेपालमा रहेका भारतीय नोट सटही गर्नेबारे ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ । भारतमा पुराना नोटहरू साट्ने समयसीमा डिसेम्बर ३० मा समाप्त भइसकेको छ । यद्यपी नेपालमा रहेका भारु साट्न भारतले ‘नाई’ नभनेकाले दुई देशका अधिकारीहरूका बीचमा वार्ता भएको हो । शुक्रबार अन्तिम चरणको वार्ता सकेर शनिबार नेपाली टोली स्वदेश फर्कनेछ ।
	गत नोभेम्बर ८ मा हजार र पाँच सयको भारतीय नोटमा प्रतिबन्ध लागेको थियो । यससँगै नेपालमा रहेका भारतीय नोटबारे अन्यौल सिर्जना भएको थियो । राष्ट्र बैंकका अनुसार नेपालको बैंक तथा वित्तीय संस्थामा साढे तीन करोड रुपैयाँ बराबरको भारतीय पाँच सय र एक हजार दरका नोट छन् । 