Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

राज्यको आर्थिक नीतिमा हुने अन्योलले मुलुकको अर्थतन्त्रमा गम्भीर असर पार्ने

२०८३ श्रावण १९ गते

बैंकिङ खबर/ राज्यको आर्थिक नीतिमा हुने अन्योलले मुलुकको अर्थतन्त्रमा गम्भीर असर पार्ने तथ्य सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ अध्ययनअनुसार नीतिगत अनिश्चितता बढ्दै जाँदा आर्थिक वृद्धि सुस्त हुने, निजी क्षेत्रमा कर्जा प्रवाह घट्ने, आयात खुम्चिने र सेयर बजार परिसूचक नेप्सेमा समेत गिरावट आउने देखिएको छ।

राष्ट्र बैंकका कर्मचारी वीरेन्द्रबहादुर बुढा, रोहन व्यञ्जनकार तथा अनुसन्धानकर्ता स्वस्तिक नेपालले तयार पारेको अध्ययनले आर्थिक नीतिमा स्पष्टता र स्थायित्व नहुँदा लगानीकर्ता र व्यवसायीको विश्वास कमजोर हुने निष्कर्ष निकालेको छ।

जनवरी २०११ देखि अप्रिल २०२६ सम्मको ‘गुगल ट्रेन्ड’को रियल–टाइम तथ्यांक विश्लेषण गर्दै नेपालका लागि आर्थिक नीतिगत अनिश्चितताको सूचकांक तयार गरिएको अध्ययनमा उल्लेख छ।