Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शतप्रतिशत हकप्रद जारी गर्न भार्गव विकास बैंकले पायो अनुमति

२०७३ पुष २८ गते

नेपाल धितोपत्र बोर्डले भार्गव विकास बैंकलाई शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

हाल भार्गवको १२ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । १२ लाख कित्ता हकप्रद शेयर निष्काशन पश्चात बैंकको चुक्तापूँजी २४ करोड रुपैयाँ पुग्नेछ । बैंकले गतबर्षको मुनाफाबाट २० प्रतिशत बोनस तथा १ दशमलव शुन्य ५ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पुष २३ गते सम्पन्न नवौ बार्षिक साधारणसभाबाट पारित गरिसकेको छ ।