कसमस डेभलपमेन्ट बैंक लिमिटेडका सेयरधनीले ११.८ प्रतिशत बोनस सेयर र ५ लाख २४ हजार रुपैयाँ नगद लाभांश पाउने भएका छन् । बैंकको छैठौं साधारणसभाले गत आर्थिक वर्षको कमाईबाट सो अनुपातमा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सांग्रिला डेभलपमेन्ट बैंकसँग मर्जरमा जाने सम्झौता गरिसकेको बैंकले मर्जरअघि नै बोनस बाँड्न लागेको हो । हाल कसमसको चुक्तापुँजी १० करोड ६ लाख रुपैयाँ रहेको छ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी ११ करोड २४ लाख रुपैयाँ नाघ्नेछ ।
संस्थापक र सर्वसाधारण सेयरधनीको स्वामित्व ५१ र ४९ प्रतिशत कायम गर्न ९ प्रतिशत संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गर्ने प्रस्ताव पनि साधारणसभाबाट पारित भएको छ ।


