Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

३० प्रतिशत हकप्रद पारित गर्न सिद्धार्थले बोलायो साधारणसभा, माघ २० गते बुक क्लोज

२०७३ पुष २८ गते

सिद्धार्थ बैंक लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद सेयर पारित गर्नका लागि बैंकले फागुन ५ गतेलाई वार्षिक साधारणसभा बोलाएको छ । हकप्रद तथा साधारणसभा प्रयोजनका लागि बैंकले माघ २० गतेदेखि फगुन ५ गतेसम्म सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । जसअनुसार, माघ १९ गतेसम्म कायम सेयरधनी मात्रै बैंकको साधारणसभा र हकप्रदमा सहभागी हुन पाउनेछन् । 

हालै २५ प्रतिशत हकप्रद सेयर जारी गरेर बैंकले चार अर्ब चुक्तापुँजी पुर्याएको छ । सो चुक्तापुँजीबाट ३० प्रतिशत हकप्रद सेयर जारी गर्दा बैंकको चुक्तापुँजी सवा पाँच अर्ब नाघ्नेछ । यसबाहेक बैंकले हकप्रद सेयर जारी गर्नुअघिको चुक्तापुँजीको ४८.७५ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव समेत अघि सारेको छ । उक्त बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी पौने सात अर्ब रुपैयाँ पुग्नेछ । आगामी असार मसान्तसम्ममा सिद्धार्थले आठ अर्ब चुक्तापुँजी पुर्याउनुपर्नेछ ।