Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेले गर्यो इच्छुमती नदीको सरसफाई, आगामी शुक्रबार रक्तदान कार्यक्रम गर्ने

२०७३ पुष २७ गते

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आफ्नो २४औं वार्षिकोत्सवको अवसर पारेर बुधबार नदी सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो वार्षिकोत्सव कार्यक्रम साप्ताहिक रुपमा सञ्चालन गर्ने उद्देश्यअनुरुप नेप्सेले कार्यालय परिसर अगाडि ईच्छुमती नदी (टुकुचा) को दुवै किनारा र वरपर सरसफाई गरेको हो । नदीको झण्डै एक सय मिटर सरसफाईमा एक्साभेटर पनिप्रयोग गरिएको थियो । सरसफाईमा नेप्सेका कर्मचारीहरुको राम्रो उपस्थिती रहेको थियो ।

वार्षिकोत्सवकै अवसरमा नेप्सेले गत शनिबार कर्पोरेट बुल्स रेस आयोजना गरेको थियो । साथै, आगामी शुक्रबार रक्तदान कार्यक्रम समेत आयोजना गर्न लागेको नेप्सेले जनाएको छ । रक्तदान कार्यक्रममा पुँजीबजारका सरोकारवाला तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति हुने अपेक्षा नेप्सेले गरेको छ ।