Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सहयोगी र सहाराबीचको मर्जर तोडियो, नेप्सेमा कारोबार खुला

२०७३ पुष २७ गते

सहयोगी बिकास बैंक र सहारा विकास बैंकबीचको मर्जर तोडिएको छ । मर्जरमा नजाने भएपछि दुबै बैंकको सेयर कारोबार बुधबारदेखि खुलेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ । सहयोगी विकास बैंकको स्टक सिम्बोल एसबीएलजे र सहारा विकास बैंकको एसएचबीएल रहेको छ । 

जनकपुरधाममा मुख्य कार्यालय रहेको सहयोगी विकास बैंक तीनजिल्ला कार्यक्षेत्र भएको बैंक हो भने सर्लाहीको मलंगवामा मुख्य कार्यालय रहेको सहारा विकास बैंक एक जिल्ला कार्यक्षेत्र भएको बैंक हो ।