Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

भारु नोट सटहीबारे छलफल गर्न राष्ट्र बैंकको टोली भारत प्रस्थान

२०७३ पुष २७ गते

प्रतिबन्धित हजार र पाँच सयको भारतीय नोट सटहीबारे छलफल गर्न डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नेतृत्वमा राष्ट्र बैंकको एक टोली भारत प्रस्थान गरेको छ । भारतको निमन्त्रणामा डेपुटी गभर्नरसँगै विदेशी विनिमय विभाग प्रमुख भिष्मराज ढुंगाना, अर्थमन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव र भारतका लागि नेपाली राजदुताबासका एक प्रतिनिधिसहित बुधबार भारततर्फ प्रस्थान गरेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए । टोलीले नेपालको बैंकिङ प्रणाली र प्रणालीबाहिर रहेको भारु सटहीको विषयमा मोडालिटी पेश गर्ने बताइएको छ । यससँगै अब नेपालमा रहेका भारतीय नोटको सटहीको ढोका खुलेको नारायण पौडेलले बताए । 

गत नोभेम्बर ८ मा हजार र पाँच सयको भारतीय नोटमा प्रतिबन्ध लागेको थियो । यससँगै नेपालमा रहेका भारतीय नोटबारे अन्यौल सिर्जना भएको थियो । राष्ट्र बैंकका अनुसार नेपालको बैंक तथा वित्तीय संस्थामा साढे तीन करोड रुपैयाँ बराबरको भारतीय पाँच सय र एक हजार दरका नोट छन् ।