२०८३ बैशाख २ गते

सन नेपाल लाइफ इन्स्योरेन्सको निमित्त प्रमुखमा कवि फुयाँल

बैंकिङ खबर / सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाँल नियुक्त भएका छन् । यसअघि आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा चार बर्ष सिईओ भएर काम गरिसकेका फुयाँल लाईफ इन्स्योरेन्स क्षेत्रका विज्ञ र अनुभवि मानिन्छन् । उनको नियुक्तिले कम्पनीलाई अझै उत्कृष्ट र बीमाको दायरा फराकिलो पार्न सफल हुने विश्वास गरिएको छ । कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी फुयाँललाई दिने निर्णय गरेको हो ।