Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

भृकुटी स्टक बन्द हुँदा सेयर बजार हल्लीयो, ७९ हजार लगानीकर्ता विचल्लीमा !

admin २०८२ चैत्र २७ गते
सेयर:

बैंकिङ खबर / एउटा व्यक्तिको मनोपोलीका कारण के के हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण बनेको छ भृकुटी स्टक ब्रोकिङ कम्पनी जसलाई ब्रोकर नम्बर ५५० भनेर चिनिन्छ । उक्त कम्पनी हाल निलम्बनमा परेको छ । सो कम्पनी निलम्बन हुँदा हजारौं लगानीकर्ता प्रभावित भएका छन्। नेपाल धितोपत्र बोर्डले उक्त ब्रोकरलाई ६ महिनासम्म कारोबार गर्न नपाउने गरी निलम्बन गरेको छ । करिब ७९ हजार ७ सय १७ लगानीकर्ताले सेयर कारोबार गर्न पाएका छैनन् । निलम्बनको प्रभावले लगानीकर्ताको दैनिक कारोबारमा असर परेको छ । कारोबार बन्द रहेपनि लगानीकर्ताको सम्पत्ति भने जोखिममा नपर्ने बताइएको छ । लगानीकर्ताको डिम्याट खातामा रहेको सेयर सुरक्षित नै रहनेछ । व्यवसायी दीपक भट्टलाई कोल्याट्रल नलिई सेयर कारोबार गर्न दिएपछि यस्तो अबस्था आएको हो । उनी हाल सरकारको कार्बाहीमा परेका छन् । सम्पत्ति सुद्धिकरणको मुद्धामा उनीमाथि छानबीन भइरहेको छ । उनले ग्राहकको रकम कारोबार राफसाफ गर्न प्रयोग गरेको पाइएपछि धितोपत्र बोर्डले कम्पनीको इजाजतपत्र निलम्बन गरेको थियो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।