Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा प्राधिकरणका काम कार्बही निरीह अबस्थामा, नयाँ सरकारले अध्यक्ष नियुक्ति गर्ने

२०८२ फाल्गुन २७ गते

बैंकिङ खबर / नेपालको बीमा क्षेत्र नियमन गर्ने निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्ष पद रिक्त छ। उक्त जिम्मेवारी नेपाल सरकारकी सचिव चन्द्रकला पौडेलले अस्थायी रूपमा सम्हालिरहेकी छन्। मन्त्रिपरिषद्को निर्णय अनुसार उनलाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी नया अध्यक्ष नियुक्ति नभएसम्मका लागि दिइएको हो।

बीमा क्षेत्रसँग सम्बन्धित नीतिगत निर्णयहरू प्राधिकरणको बोर्डबाट हुने भएकाले नेतृत्व र बोर्ड संरचना पूर्ण नहुँदा कतिपय निर्णय सुस्त देखिएको हो। बीमा क्षेत्रमा नियामक निकाय बलियो र सक्रिय नभए बीमा बजारको विस्तार र सुधारमा असर पर्दछ।

यस्तै, प्राधिकरणमा लगानीकर्ताको प्रतिनिधित्व गर्ने महिला सञ्चालक पद पनि रिक्त छ। यस पदमा रहेकी राधा पोखरेलले पद छोडेपछि उक्त स्थान खाली भएको हो। प्राधिकरणको नेतृत्व र बोर्ड संरचना पूर्ण नभएसम्म नीतिगत निर्णय, नियमन तथा बजार सुधारका कामहरू प्रभावकारी रूपमा अघि बढ्न कठिन भएको छ। त्यसैले नयाँ सरकारले छिट्टै स्थायी अध्यक्ष नियुक्त गरेर संस्थालाई पूर्ण संरचनामा ल्याउनुपर्ने माग पनि उठ्न थालेको हो।