२०८२ फाल्गुन ४ गते

सेयर बजारमा दुई चर्चित आईपीओको कारोबार सुरु। 

बैंकिङ खबर / सेयर बजारमा आजदेखि दुई चर्चित आईपीओ, सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिलको शेयर कारोबार सुरु भएको छ। नेप्सेको नयाँ व्यवस्था अनुसार दुवै आईपीओको सुरुवाती कारोबार मूल्य अधिकतम ३०० रुपैयाँ तोकिएको थियो। दुवै सेयर अधिकतम मूल्यमै कारोबार सुरु भएको थियो। 

रिलायन्स स्पिनिङ मिलको शेयरको पहिलो दिन ७ वटा कारोबार भइसकेको छ। यस कम्पनीको शेयर मूल्य सुरुवाती कारोबारभन्दा २ प्रतिशतले बढेर ३०६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यसको आईपीओ प्रतिकित्ता ८२० रुपैयाँमा बिक्री भएको थियो।

तर, सालपा विकास बैंकको शेयरले भने पहिलो सातवटा कारोबारमा सकारात्मक सर्किट लागेको छ। उक्त बैंकका १४ वटा कारोबार भइसकेका छन्। यस बैंकको आईपीओ प्रतिकित्ता १०० रुपैयाँमा बिक्री भएको थियो।