बैंकिङ खबर / नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप ५.७ प्रतिशतले वृद्धि भएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्म निक्षेप ४ खर्ब १७ अर्ब ४८ करोड रुपैयाँले बढ्दै बैंक तथा वित्तीय संस्थाको निक्षेप ७६ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ। गत वर्षको सोही अवधिमा भने निक्षेप वृद्धि (३.७ प्रतिशत) ९२ खर्ब ३९ अर्ब ६ करोड रुपैयाँ मात्र रहेको थियो।
वार्षिक बिन्दुगत आधारमा २०८२ पुस मसान्तसम्म निक्षेप १४.८ प्रतिशतले वृद्धि भएको छ। कुल निक्षेपमा चल्ती खाताको अंश ६.९ प्रतिशत, बचत ४१.३ प्रतिशत र मुद्दती निक्षेप ४२.८ प्रतिशत रहेको छ। गत वर्षको सोही अवधिमा चल्ती निक्षेप ५.६ प्रतिशत, बचत ३४.१ प्रतिशत र मुद्दती निक्षेप ५२.६ प्रतिशत रहेको थियो।
यस्तै, कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा ३५.१ प्रतिशत पुगेको छ, जुन गत वर्ष पुस मसान्तमा ३५.५२ प्रतिशत थियो।



