Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मेरोमाइक्रोफाइनान्सद्वारा देबिघाट जालपा क्लबलाई डस्बिन र कम्प्युटर सहयोग।

admin २०८२ माघ २८ गते
सेयर:

बैंकिङ खबर / मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देबिघाट जालपा क्लबलाई सहयोग प्रदान गरेको छ। स्वच्छता प्रवर्द्धन गर्ने उद्देश्यका साथ नुवाकोटस्थित जालपा मन्दिर परिसरमा आयोजित एक समारोह बीच संस्थाले क्लबलाई १६ थान डस्बिन र एक थान कम्प्युटर सेट हस्तान्तरण गरेको हो।

संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले क्लबका अध्यक्ष नवीन चित्रकारलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो।सो अवसरमा प्रमुख कार्यकारी अधिकृत दाहालले मन्दिर वरपरको स्वच्छता कायम गर्नु समाजप्रतिको आस्था र उत्तरदायित्वको प्रतिविम्ब भएको बताउनुभयो।

साथै उहाँले देबिघाट जालपा क्लबले समाजका हरेक क्षेत्रमा सामाजिक क्रियाकलापमा सक्रिय सहभागिता जनाउँदै निरन्तर सकारात्मक तथा उदाहरणीय कार्य गर्न सफल होस् भनी शुभकामना व्यक्त गर्नुभयो। समारोहमा संस्थाका कर्मचारी, स्थानीय व्यक्तित्व, क्लबका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।