Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा सेवामा हुलाक टिकट अनिवार्य छैन !

admin २०८२ माघ २७ गते
सेयर:

बैंकिङ खबर / नेपाल बीमा प्राधिकरणले अब बीमा सेवा प्रदान गर्दा हुलाक टिकट टाँस्न नपर्ने व्यवस्था लागू गर्ने आदेश जारी गरेको छ। प्राधिकरणले सबै बीमा कम्पनी र दलाल मध्यस्थकर्तालाई सेवा प्रक्रिया गर्दा कागजातको आधिकारिकताको लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने प्रचलन हटाउन निर्देशन दिएको छ।

प्राधिकरणका अनुसार, मन्त्रिपरिषद्‌ बैठक  २०८२/०८/२९ मा अनुमोदित कानूनमा स्पष्ट रूपमा उल्लेख नभएको सेवामा हुलाक टिकट टाँस्ने आवश्यकता छैन। यसअघि बीमा कम्पनी तथा दलालहरूले कागजातको आधिकारिकताको लागि आय टिकटका रूपमा हुलाक टिकट प्रयोग गर्ने अभ्यास गर्दै आएका थिए।

प्राधिकरणले बीमा सेवा प्रक्रियामा कानूनी रूपमा अनिवार्य नहुँदा हुलाक टिकट टाँस्ने प्रचलन, अभ्यास वा व्यवस्थालाई पूर्ण रूपमा हटाउने व्यवस्था लागू भएको जनाएको छ।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।