Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

गणपति लघुवित्तको मनहरी शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न।

admin २०८२ माघ २५ गते
सेयर:

बैंकिङ खबर / गणपति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय मनहरी मकवानपुरद्धारा आयोजित एक दिने वित्तीय साक्षरता कार्यक्रम २०८२ साल माघ २२ गते बिहीबारका दिन मनहरी गाउँपालिका वडा नं. ०७ का वडाध्यक्ष नवराज सुवेदीको प्रमुख आतिथ्यतामा मकवानपुरको मनहरीमा सम्पन्न भएको छ।

संस्थामा आबद्ध ग्राहक सदस्यहरुमा वित्तीय सचेतना तथा वित्तीय शिक्षा सम्बन्धि छलफल एवं अन्तक्रियात्मक प्रस्तुतिमा कार्यक्रमका बिशिस्ट अतिथी कार्यसञ्चालन विभाग प्रमुख, बरिस्ठ प्रबन्धक रविन्द्र कुमार न्यौपाने के.सीद्धारा भयो। सो क्रममा आम्दानी, खर्च र वचतको व्यवस्थापन, कर्जाको महत्त्व लगायतका बिषयमा सहभागीलाई प्रष्ट पारिएको थियो।

उक्त कार्यक्रममा अतिथिको रुपमा स्थानिय प्रहरी चौकीका प्रतिनिधि बिशुनाथ महतो लगाएतले पनि आफ्नो धारणा व्यक्त गरेका थिए। सो कार्यक्रममा शाखा कार्यालय मनहरी मकवानपुर अन्तर्गत संचालित उत्कृष्ट केन्द्र व्यवस्थापन गर्ने ३ जना केन्द्र प्रमुख तथा वित्तिय संस्थाबाट कर्जा लिएर व्यवसाय संचालन गर्ने मध्ये बर्षका ३ उत्कृष्ठ व्यवसायिक ग्राहकलाई समेत कदर पत्रद्धारा सम्मान गरिएको थियो।

करिब ३१ जना ग्राहक सदस्यहरुको सहभागिता रहेको वित्तीय साक्षरता कार्यक्रमको अध्यक्षता केन्द्र नं. १०९ कि सदस्य तुलशा कलाखेति गर्नु भएको थियो भने कार्यक्रम संचालन शाखा प्रवन्धक सुमन शाहीले गरेका थिए।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।