Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

कालिका लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा फणिन्द्र पाण्डे नियुक्त

admin २०८२ माघ १६ गते
सेयर:

बैंकिङ खबर/ पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा फणिन्द्र पाण्डे नियुक्त भएका छन्। सञ्चालक समितिको यही माघ १५ गते वसेको २६६औँ वैठकको निर्णयअनुसार पाण्डे वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका हुन्।

उनी २०८२ माघ १८ गते देखि लागू हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा नियुक्त गरेको बताइएको छ। बैंकिङ तथा अन्य क्षेत्रमा १८ वर्षको अनुभव भएका पाण्डेले २०७२ सालमा जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडबाट लघुवित्त क्षेत्रमा आफ्नो करियर सुरु गरेका थिए।

हाल कालिका लघुवित्त वित्तीय संस्थामा नायव प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिवको जिम्मेवारीमा समेत रहेका पाण्डेले व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन्।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।