बैंकिङ खबर / प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटि २०२६ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । रुपन्देहीको भैरहवामा माघ ७ देखि ९ गतेसम्म ३ दिन चलेको कार्यक्रम उल्लास र उत्सवका साथ भब्य रुपमा सम्पन्न भयो।
कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईद्धारा भयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले उत्कृष्ट कार्यले नै सम्मानको लागि मार्ग तयार हुने हो, तपाईहरुको मेहनतले पाएको सफलतामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सधै साथ-सहयोग रहन्छ र उच्च सम्मान प्रकट गर्दछ । एमडिआरटी जस्तो अन्तराष्ट्रिय फोरममा छनोट हुनु आफैमा गौरवको कुरा भएकाले अभिकर्ताहरुलाई हार्दिक बधाई व्यक्त गर्नुभयो।
आगामी वर्षहरुमा पनि निरन्तर सफलताको शुभकामना व्यक्त गर्नु भयो । प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सफलताको यो माहोललाई कम्पनीले उत्सवको रुपमा लिएको बताउनु भयो। योग्यहरुको योग्यताको पहिचान आफूले गर्ने कामले प्रस्तुत हुने बताउनु भयो । यो समय भनेको निरन्तर कार्य गरेर प्राप्त सफलतालाई सेलिब्रेसन गर्ने समय हो। सफलताको अनुभव र प्राप्त मान सम्मानले थप सफलताको लागि उर्जा प्राप्त हुनेछ, यो उर्जाको आगामी वर्षहरुमा परिणाम आउने विश्वास प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले व्यक्त गर्नुभयो।
नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोन बहादुर मगरले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो। अन्तराष्ट्रिय फोरम एमडिआरटिमा छनोट हुनु अभिकर्ता पेसाले दिएको मान सम्मानको एक उत्कृष्ट उदाहरण हो। त्यसैले अभिकर्ता पेसा छनोट गर्नुभएको यहाँहरुको निरन्तर लगनको परिणामले प्राप्त सफलतालाई कम्पनीले उच्च सम्मान प्रकट गर्दछ, नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोन बहादुर मगरले बताउनु भयो।अन्तराष्ट्रिय ट्रेनर अमित शर्माले व्यवसायीक विक्री कलाको क्षमता अभिबृद्धि सम्बन्धी तालिम प्रदान गर्नुभएको थियो। चर्चित कलाकार सन्दिप क्षत्रीको प्रेरणदायी तथा मनोरञ्जनात्मक प्रस्तुतीले कार्यक्रमको रौनक थपिएको थियो ।