Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकको विद्युतीय सवारी कर्जा नीति विरुद्ध सर्वोच्चको परमादेश

admin २०८२ माघ ४ गते
सेयर:

बैंकिङ खबर /सरकारले विद्युतीय सवारी साधन इभी गाडिलाई निरुत्साहित गर्ने गरी बनाएका कर नीतिहरू बदर गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । त्यस्तै सहरहरूमा साइकल लेन र प्रदूषणरहित यातायातको व्यवस्था गर्न र वातावरण संरक्षणका लागि दीर्घकालीन कार्ययोजना बनाउन सरकारका नाममा परमादेश जारी भएको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले सरकारका नाममा परमादेश जारी गरेको हो । सर्वोच्चले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न भनेको छ भने यसबारे स्पष्ट र स्थिर नीति बनाउन परमादेश जारी गरेको छ । परमादेशमा नेपाल राष्ट्र बैंकले २०८१ पुस २९ मा जारी गरेको विद्युतीय सवारी कर्जासम्बन्धी संशोधित निर्देशन र सरकारले विद्युतीय सवारी साधन मा बढाएको कर सम्बन्धी निर्णयहरू बदर गर्न भनिएको छ । राष्ट्र बैंकले विद्युतीय सवारी खरिदमा दिइँदै आएको सहुलियतपूर्ण कर्जा र भुक्तानी प्रक्रियामा फेरबदल गर्ने निर्णयलाई बदरको माग गरी प्रकाशमणि शर्मा एकेडेमी फर पब्लिक इन्ट्रेस्ट लका तर्फबाट अधिवक्ता रूपा बस्नेत, सञ्जय अधिकारी र राज मोहन सिंहसमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र वन तथा वातावरण मन्त्रालयलाई विपक्षी बनाई निवेदन दिएका थिए । पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनका कारण वायु प्रदूषण बढाउन सघाउ पुर्‍याइरहेको र काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर खतराको तहमा पुगेको र यसले नागरिकको औसत आयु घटाउनुका साथै बर्सेनि हजारौँको मृत्यु भइरहेको तथ्य रिटमा उल्लेख गरिएको थियो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।