२०८२ माघ ४ गते

निरन्तर कम्जोर हुँदै जापानको अर्थतन्त्र, व्याजदरले थेग्न नसक्दा बैंकहरु पनि संकटको बाटोमा !

बैंकिङ खबर / जापानको पछिल्लो अर्थतन्त्र सुस्त अवस्थामा रहेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को रिपोर्ट अनुसार, जापानको सकल घरेलु उत्पाद (GDP) ४.१८६ ट्रिलियन डलर रहेको छ, जुन भारतको ४.१८७ ट्रिलियन डलर भन्दा थोरै कम छ। यसको अर्थ जापानले विश्वको चौथो ठूलो अर्थतन्त्रको स्थान गुमाएको छ, जुन अहिले भारतले लिएको छ। जापानको अर्थतन्त्रमा सुस्तता आउनुका कारणहरूमा बृद्धिदरमा सुस्तता, जनसंख्याको वृद्धिको कारण shrinking workforce, कमजोर खर्च, र मौद्रिक नीति कसिलो बनाउनुले अर्थतन्त्रलाई अझै केही समय पछाडि धकेल्छ। जापानको कूल गार्हस्थ्य उत्पादनको आधाभन्दा बढी हिस्सा ओगटेको निजी उपभोग अक्टोबर–डिसेम्बर अवधिमा ०.२ प्रतिशतले घटेको छ, जुन लगातार नौ महिनाको गिरावट हो ।

त्यसो त पछिल्लो केही बर्ष यता नै जापानको अर्थतन्त्र कम्जोर हुँदै गएको छ । जापानको वित्तीय विभागले नकारात्मक ब्याजदरको नतिजाको कारण त्यहाँका प्रमुख बैंकहरुको नाफामा पनि करिब तीन अर्ब अमेरिकी डलरबराबरको गिरावट आउन सक्ने प्रक्षेपण गरेको छ । पछिल्लो समय देखिएको कमजोर आर्थिक नतिजाको कारण मुलुकमा नकारात्मक ब्याजदरमा अघि बढेको विवरणहरुले देखाएका हुन् । जापानी वित्तीय विभागले सन् २०१७ को मार्च महिनासम्म बैंकहरुको नाफा कमजोर रहने प्रक्षेपणसहितको विवरण सार्वजनिक गरेको छ । जसअनुसार जापानको आर्थिक नीतिको कारण त्यहाँका बैंकहरुको ऋण बढाउने क्षमता पनि कमजोर बनेको छ ।

जापानको मित्सुबिसी फाइनान्सियल ग्रुपको नाफामा उक्त अवधिमा एक खर्ब ५५ अर्ब जापानी येनबराबरको नाफामा गिरावटको अनुमान गरिएको छ । साथै अन्य प्रमुख वित्तीय संस्थाहरु सुमिटोमो मिट्स्यु फाइनान्सियल ग्रुप र मिजुहो फाइनास्निसयल ग्रुपको नाफामा उल्लेख्य गिरावट आउने विश्लेषकहरुले बताएका छन् । जापानको बैंक अफ जापानले आर्थिक अवस्थामा सुधारको लागि ब्याजदरमा थप कटौतीको योजना ल्याएपछि जापानी बैंकहरुको नाफामा थप गिरावट आएको हो ।

पछिल्लो समय जापनले मुलुकमा लगानीको क्षेत्र कमजोर रहेको भन्दै गत फेब्रुअरी महिनामा ब्याजदरको नतिजा सबैभन्दा कमजोर राख्ने निर्णय गरेको थियो । यसले अर्थतन्त्रमा उल्लेख्य सुधार आउने विश्वास गरिएको थियो तर अपेक्षा गरिएअनुसारको सुधार भने आउन सकेको छैन । यद्यपी पछिल्लो समय बैंकहरुको नाफामा भने उल्लेख्य गिरावट आउने अनुमान गरिएको हो ।

आर्थिक सुधारको लागि ब्याजदरको नतिजा नकारात्मक राखिनु एक बाध्यता रहेको जापानका अधिकारीहरुले बताएका छन् । नकारात्मक ब्याजदरको नतिजाले जापानमा व्यापारिक रुपमा लिइने ऋणको नतिजा कमजोर राख्न सफल रहेको भएपनि बैंकहरुको नाफामा गिरावट आउनुले भने अर्को समस्या निम्तिने बताइएको छ । गत वर्षदेखि लगातार रुपमा कमजोर आर्थिक नतिजाको सामना गरिरहेको जापानको पछिल्लो आर्थिक अवस्था पनि कमजोर रहेको देखिएको हो । 

जापानमा हाल 0.७५ प्रतिशत व्याजदर पुगेको छ । यो व्याजदर हालै बढाइएको व्याजदर हो । व्याजदर बढाइए पनि बैंकवित्तका समस्या समाधान भएका छैनन् । जापान सन्सारमा व्याजदर सस्तो भएको देशका रुपमा चिनिन्छ । जापानको केन्द्रीय बैंक (बैंक अफ जापान) ले बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न भन्दै ३० वर्षपछि आफ्नो अल्पकालीन नीतिगत दर 0.२५ प्रतिशतले व्याज बढाएर ०.७५ प्रतिशत पुर्‍याएको हो । बैंक अफ जापानको उक्त निर्णयसँगै त्यहाँका प्रमुख ठूला बैंकहरूले पनि निक्षेपको ब्याजदर बढाउने निर्णय गरेका हुन् । जापानका प्रमुख चार बैंकहरू एमयूएफजी, सुमितोमो मिचुई कर्पोरेसन (एसएमबीसी) ,मिजुहो र सुमितोमो मित्सुई ट्रस्ट बैंकले वार्षिक ब्याजदर बढाउने निर्णय गरेका हुन्।
बैंक अफ जापानले बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउने निर्णय गरेको जनाएको छ। महँगी नियन्त्रण गर्न भन्दै जापान सरकारले जनताहरूलाई राहत प्याकेजको रूपमा प्रत्यक्ष रूपमा नगद हस्तान्तरण गर्दै आएको छ। अर्थतन्त्रमा ब्याजदरमार्फत महँगी नियन्त्रण नगरिएको भन्दै जापानका स्थानीय सरकारहरूले नै विरोध गरेपछि बैंक अफ जापानले पछिल्लो समय आफ्नो अल्पकालीन नीतिगत दर बढाउने निर्णय लिँदै आएको छ। बैंक अफ जापानले जारी गरेको प्रतिवेदनमा जापानको अर्थतन्त्र मध्यम रूपमा पुनरुत्थान हुँदै गएको उल्लेख गरिएको छ, तथापी जापानको अर्थतन्त्रमा सुधार भने आउन सकेको छैन । ।