२०८२ माघ २ गते

राष्ट्र बैंकद्धारा बैंकवित्तको कर्जा बर्गीकरणमा कडाई : यस्तो छ नयाँ निर्देशीकाको पूर्ण पाठ

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले बैंकहरुले कमसल, शंकाष्पद र खराब कजार्मा वर्गीकरण भएका कर्जालाई भाखा नाघेको सम्पूर्ण वक्यौता रकम भुक्तानी भई नियमित भएको ३ महिनापछि मात्रै असल वर्गमा वर्गीकरण गर्न पाउने व्यबस्था गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन मार्फत ऋणीको अनुरोधमा एक पटक किस्ता रकम रकम परिवर्तन गर्नसक्ने व्यवस्था पनि गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिकामा संशोधन गर्दै यस्तो नीति लिएको हो । केन्द्रीय बेंकको नयाँ व्यबस्था अनुसार ६ महिने योजनालाई ३ माहिना अबधिमा झारीएको छ । ३ महिना नियमित भएपछि असल वर्गमा वर्गीकरण गर्नसक्ने व्यवस्था भएको हो । यसअघि निष्क्रिय कर्जामा वर्गीकरण भएको कर्जामा भाखा नाघेको बक्यौता रकम भुक्तानी भएपछि ६ महिनासम्म सुक्ष्म निगरानीमा राख्दै ५ प्रतिशत कर्जा नोक्सानी गर्नुपर्ने व्यवस्था थियो ।

‘निष्क्रिय वर्गमा (पुनरसंरचना र पुनरतालिकीकरण बाहेक) वर्गीकरण भएका कर्जाको भाखा नाघेको सम्पूर्ण बक्यौता (साँवा र ब्याज) रकम भुक्तानी भई ३ महिनासम्म कर्जा नियमित भएको अवस्थामा जुन वर्ग (कमसल, शंकास्पद र खराब) मा वर्गीकरण भएको छ, सोही वर्गमा वर्गीकरण गरी उक्त अवधिपछि मात्र स्तरोन्नती हुनेगरी सोही बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ,’ नयाँ निर्देशीकामा उल्लेख छ ।

nrb new abc