Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कर्जा रिकभरीमा बैंकहरुको उल्लेखनीय प्रगति, मंसीरसम्ममा २८ अर्ब नाफा !

admin २०८२ माघ २ गते
सेयर:

बैंकिङ खबर / बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा सुधार आएको छ । कर्जा नोक्सानी व्यवस्थाबाट फिर्ता हुने रकममा समेत सुधार देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कर्जा असुलीमा सुधार देखिएको हो । कर्जा असुलीमा सुधार आएसँगै मंसिर महिनामा बैंक तथा वित्तीय संस्थाको नाफा ३४ प्रतिशत बढेको छ । जस अनुसार चालु आर्थिक वर्षको मंसिरसम्मको रिपोर्टमा बैंक तथा वित्तीय संस्थाले २८ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा गरेको देखिएको छ । यो नाफा अघिल्लो चार महिनासम्मको भन्दा ३३.७६ प्रतिशतले धेरै हो । कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाको खुद नाफा २१ अर्ब ३१ करोड रुपैयाँ थियो । मंसिरमा बैंक तथा वित्तीय संस्थाले कर्जा नोक्सानी व्यवस्थाबाट मात्रै १७ अर्ब १० करोड रुपैयाँ रिटर्न गर्न सफल भएका छन् । बैंकहरूको नाफा बढ्नुको मूख्य कारण कर्जा नोक्सानी व्यवस्थापनमा रकम उठाउन सक्नु हो । बैंकहरूले कर्जा असुली गरेको रकम नाफामा गणना हुने हुँदा नाफा बढेको देखिएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।