Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

२५ अर्बको ऋणपत्र जारी गर्दै केन्द्रीय बैंक

२०८२ पुष १४ गते

बैंकिङ खबर/ केन्द्रीय बैंकले २५ अर्बको ऋणपत्र जारी गर्ने भएको छ । नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘क’ बोलकबोल प्रक्रियाबाट उक्त ऋणपत्र बिक्री गरिने छ । एक वर्षे अवधिको कुल २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र धितो राखी कर्जा लिन दिन सकिने छ । यसको ब्याजदरसमेत बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने छ । बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले यस्तो ऋणपत्र खरिद गर्न सक्नेछन्। अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने छ । ऋणपत्र घटीमा न्यूनतम ५ करोड रुपैयाँको हुनुपर्ने छ । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रूपमा सहभागी हुन सक्ने व्यवस्था छ। यसको बोलकबोल समय पुस १४ गते कार्यालय समय अवधिभर रहने छ ।