ओम डेभलपमेन्ट बैंक लि. ले धितोपत्र निष्काशन हुँदाका बखत लगानीकर्ताबाट रकम संकलन गरी रोक्का राख्न ASBA को स्वीकृती पाएको छ । धितोपत्र बोर्डले आगामी माघ १ गतेबाट सार्वजनिक निष्काशन IPO तथा पुन निष्काशन FPO मा लगानी गर्दा अनिवार्य रुपमा बैंक खातामा रकम जम्मा गरी खातामा नै रोक्का रहने ब्यवस्था गरे बमोजिम लगानीकर्ताहरुले अब आउँदा दिनहरुमा सार्वजनिक निष्काशनमा लगानी गर्दा आस्वाको लागि स्वीकृत प्राप्त बैंकहरुमा मात्र रकम जम्मा गरी लगानी गर्न सक्नेछन् ।
बैंकले पौष २१ गतेबाट स्याङजाको गल्याङ, बुटवलको ट्राफिकचोक र पोखराको लेकसाइड शाखा गरी ३ वटा नयाँ शाखाको कारोबार शुरु गरेको छ । शाखाको कारोबार पछि बैंकको शाखा सँख्या २९ पुगेको र मनास्लु बिकास बैंकसँग मर्जरको प्रक्रियामा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले जानकारी दिनुभयो ।


