Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा अभिकर्ताको परिक्षमा भेटिए एकजर्दन फर्जी परिक्षार्थी !

२०८२ पुष ७ गते

बैंकिङ खबर / बीमा अभिकर्ताको परिक्षमा ११ जना फर्जी परिक्षार्थी भेटीएका छन् । उनीहरुलाई नेपाल बीमा प्राधिकरणले कारवाही गरेको छ । बीमा प्राधिकरणले अनलाईन परिक्षाबाट अभिकर्ताहरुको छनौट गर्ने प्रावधान अघि सारेको थियो । सोही बमोजिम विभिन्न ६ कम्पनीका ११ जना अभिकर्तालाई कारवाही गरिएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणले छिरिङ्ग शेर्पा, कान्ती कुमारी शर्मा, सृजना शर्मा, विवेक विष्ट, मन्दिप सुवेदी, सन्दिप थारु, रमेश चन्द्र दवाडी, लआश्का मिश्र पौडेल, अम्बिका शाह, गोपीकृष्ण आचार्य र अमृत नेपालीलाई कारावाही गरेको उल्लेख गरेको छ ।