२०८२ पुष १ गते

नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष शरद ओझाको रिट हेर्न नमिल्ने सूचीमा !

बैंकिङ खबर / नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष शरद ओझाको रिट आज सर्वोच्च अदालतले हेर्न नमिल्ने सूचीमा राखेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा परेको रिट सुनुवाइ हुन सकेन ।

अर्थमन्त्री रामेश्वर खनालले अदालतको अवहेलना गरेको आरोप लगाउँदै ओझाले सर्वोच्चमा रिट दर्ता गराएका थिए । यसअघि मंसिर २८ गते सर्वोच्चले यससम्बन्धी अघिल्लो आदेश कार्यान्वयन गरी विवरण पेश गर्न निर्देशन दिएको थियो । साथै, ओझामाथि छानबिन गर्न पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा गठन गरिएको तीन सदस्यीय समितिको सक्कली प्रतिवेदन माग गरिएको थियो ।