यती डेभलपमेण्ट बैंकको चौंधौ बार्षिक साधारण सभाबाट पारित संस्थापक सेयर स्वामित्व परिवर्तन सम्बन्धी प्रस्तावलाई नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज लि. र सिडिएस क्लीयरिङ्गले स्विकृती प्रदान गरेको छ । सेयर स्वामित्व परिवर्तन पश्चात संस्थापक समुहको सेयर अनुपात ५१ प्रतिशत र सर्वसाधारण समुहको सेयर अनुपात ४९ प्रतिशत कायम भएको जानकारी यतीले दिएको छ । यसअघि, संस्थापक समूहको सेयर स्वामित्व अनुपात ६८.३१ र सर्वसाधारण समूहको ३१.६९ रहेको थियो ।
साथै, चुक्तापुँजीको ५० प्रतिशत अर्थात विद्यमान दुई कित्ता सेयर बराबर एक कित्ता सेयर (२:१) का दरले जारी हुने हकप्रद शेयर निष्काशन प्रकृया अन्तिम चरणमा रहेको समेत बैंकले जनाएको छ ।